शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । बुधबार पनि शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । बुधबार नेप्से ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनिलिभर नेपालको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *