कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

विराटनगर । जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो ।

बुधबार इटहरीमा बसेको प्रदेश समितिको बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता बोलाएको हो । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै मन्त्री लिम्बूलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेम्जोङले बताए ।

कोशी नामकरणको विरोधमा भइरहेको पहिचानपक्षधरको आन्दोलनमा जसपाको समर्थन रहेको छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कारण सात वटा प्रदेशमध्ये कोशीमा एमालेले सरकारको नेतृत्व गरिरहेको छ ।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा –एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *