पूरानै विधेयकलाई सरकारले प्रमाणीकरण गराउनु राष्ट्रपति संस्थाको गरिमा विपरितः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाएको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत संसदमा छलफल नभई विधयक प्रमाणीकरण गर्नु शीतलनिवासको गरिमा विपरित भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *