चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो ।

प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत गएको छ । प्रधानमन्त्री नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *