राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक फिर्ता गरेकी थिइन् भने दोस्रोपटक पुनः पारित भएर आएको विधेयकलाई थन्क्याइदिएकी थिइन् । । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *