ए डिभिजन लिगमा आज दुई खेल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । आज हुने खेलमा साविक विजेता मछिन्द्र फूटबल क्लबले सातदोबाटो युथ क्लबको सामना गर्दैछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शूरु हुनेछ ।

मछिन्द्रलाई आजको खेल जित्दै दोस्रो स्थानमा उक्लिने अवसर रहेको छ । हाल मछिन्द्र २२ खेलबाट ३६ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २९ अंक जोडेको सातदोबाटो छैटौं स्थानमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा थ्री-स्टार क्लब र संकटा क्लब भिड्नेछन् । खेल च्यासल मैदानमा ३ बजे शुरु हुनेछ । हाल थ्री-स्टार २२ खेलबाट २६ अंक जोड्दै लिगको ११ औं स्थानमा रहेको छ भने समान खेलबाट समान अंक जोडेको संकटा १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *