छुट सुविधा नदिने अस्पताल बन्द गराउने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कानुनअनुसार छुट नदिने अस्पताल अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतसँग भेटगरी मेयर साहले कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसीमा दिँदै यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ । यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *