साफ च्याम्पियनसिपको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । दक्षीण एसियाको प्रतिष्ठित फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ  । मंगलबार नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।

साफ च्याम्पियनसिपको १४औँ संस्करण आगामी महिना असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुँदैछ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टोलीले सहभागिता जनाउने छन् ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा घरेलु टोली भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । यस्तै समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । नेपालले असार ६ गते कुवेतसँग खेल्दै प्रतियोगिताको शूरुवात गर्नेछ ।

नेपालको प्रारम्भिक टोली

गोलकिपर :- किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर :- विक्रम लामा, रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ,विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, आशिष गुरुङ, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डर :- पुजन उपरकोटी, नविन लामा, एरिक विष्ट, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्ड :- नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *