सन्दीपले क्रिकेट टीमलाई बिदाई गर्दै भने-मलाई तपाईंहरूको क्षमतामा विश्वास छ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोटअघिको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् । काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप जिम्बाब्वे नगएका हुन् । उनले टीमका सदस्यलाई सामाजिक सञ्जालमार्फत शुभकामनासहित बिदाइ गरेका छन् ।

उनले भनेका छन्, ‘मलाई तपाईंहरू र तपाईंको क्षमताहरूमा विश्वास छ। तपाईंहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो क्षमता देखाउनुभएको छ । अब तपाईंसबैको लागि तपाइँको क्षमतामा विश्वास गर्ने समय हो। तपाईं जहाँ जानुहुन्छ आफ्नो उत्कृष्ट दिनुहोस्। सफल टोली र सुरक्षित यात्राको शुभकामना ।’

१८ जुनबाट जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटअघि तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान गर्न लागेको हो । नेपाली टोली आजै राति त्यसतर्फ प्रस्थान गर्नेछ । मुद्दाको अन्तिम किनारा लागेर सफाइ पाएमा सन्दीप सिधै जिम्बाब्वे जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *