रक्षा मन्त्रालयले भन्यो-हतियार खरिदसम्बन्धी कुनै निर्णय भएको छैन

काठमाडौं । रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार खरिदसम्बन्धी समाचार सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चारमाध्यममा आएको विषयमा सत्यता नरहेको स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *