प्रधानमन्त्रीले भारतसँग कुरा गरेर ‘अखण्ड भारत’को नक्सा हटाउन लगाउनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेर त्यसलाई हटाउनुपर्ने बताएका हुन् ।

उनले भने,’प्रधानमन्त्रीजी भोली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यतिकुरा गर्न सक्नुहुन्न भने किन भारत भ्रमणमा जाने ?’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको अखण्ड भारतको नक्साा नेपाल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरिएको छ । प्रधानमन्त्री प्रचण्ड बुधबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *