सांसद विकास कोषको बजेट दुरुपयोग हुँदैन, ठेक्का मन्त्रालयले लगाउँछ, सांसद्ले केही गर्न सक्दैनः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशनशरण महतले बजेट कार्यान्वयन गर्नेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले यस पटक भिन्न प्रकारले बजेट प्रस्तुत भएकाले शतप्रतिशत कार्यान्वयन हुने दाबी गरेका हुन् । उनले विगतमा प्रश्न उब्जिने गरेको भएपनि यसपटक बजेट कार्यान्वयन गर्न सकिने बताए ।

उनले यो वर्ष राजश्व वृद्धि हुने अनुमान गरेको बताए । बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन सकिने र राजश्व चलायमान भए शतप्रतिशत राजश्वको भोलुम बढ्ने उनको भनाई थियो । उनले नीतिगत सुधारका कुराहरू बजेटले बोलेको बताए ।

समग्रमा बजेटले आउने दिनमा आथिक वृद्धि र आर्थिक वृद्धिको पहुँचमा आमनागरिकसम्म पुर्याउने लक्ष्य लिएको भन्दै अर्थमन्त्री महतले बजेटमा पूर्वाधार विकासमा जोड दिएको बताए ।

उनले विद्युतीय सवारीलाई प्रमोट गर्ने सरकारको उद्देश्य रहेको बताए । महतले सांसद विकास कोषको रकमको बचाउ गरेका छन् । उनले संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन गर्नेमा नभएको बताए । उनले यो कार्यक्रमको बजेट दुरुपयोग नुहने बताए । एक करोड माथिका मात्रै आयोजनामा पैसा खर्च गर्नुपर्ने भएकाले त्यो उपभोक्ता समितिमार्फत गर्न नमिल्ने उनको भनाइ छ ।

उनले भने, ‘ठेक्का मन्त्रालयले लगाउँछ, सांसद्ले केही गर्न सक्दैन । सम्बन्धित मन्त्रालयले लगाउने हो ।’ उनले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरेर सांसद विकास कार्यक्रमलाई निरन्तरता दिएका छन् । सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *