प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरिएको छ ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । बैठकमा कार्कीको व्यक्तिगत विवरण समेत समिति सदस्यहरूलाई प्रदान गरिएको थियो ।

सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममा  प्रकाशन गरिनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिनेछ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकबाट कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । कार्की एकवर्ष भन्दाबढी समयदेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *