साङ्घाईमा एकसय वर्ष यताकै गर्मी

 

चीनको औद्योगिक महानगर साङ्घाईमा आज एक सय वर्षपछि अधिक गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेखीकरण गरिएको बताएको छ ।

वैज्ञानिकहरूले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र  बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्ला सातामा विगतका ‘रेकर्ड’ तोडेको छ ।

आज साङ्घाइको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको उल्लेख गर्दै विभागले  यसअघि सन्  १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको जनाएको छ ।

भारतका केही भागमा ४४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्दा कम्तीमा ११ जनाले ज्यान गुमाएका तथा बङ्गलादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो दिन महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *