९८ प्रकारका औषधि, खोपलगायतकाआधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै मुलुकभरका छ हजार सात सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताए ।

औषधि, खोपलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन एक अर्ब २८ करोड विनियोजन गरिएको अर्थमन्त्री डा महतले जानकारी दिए । कार्यक्रमअन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइनेछ । बहुसङ्ख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।
‘क्षयरोग मुक्त नेपाल अभियान’का लागि एक अर्ब १५ करोड
सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि एक अर्ब १५ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गरिने बताए ।

पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ बजेटमा उल्लेख छ । सरुवा रोग अस्पताल निर्माण एवम् विस्तारका लागि बजेटमा ४६ करोड विनियोजनसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *