एजेन्सी । ओपनर ह्यारी ब्रुकले सतक पूरा गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराजर्स हैदराबाद विजयी भएको छ । शुक्रबार बेलुकी भएको खेलमा कलकता नाइट राइडर्सलाई २३ रनले हराउँदै कलकताले प्रतियोगितामा दोस्रो जीत निकालेको हो ।
जीतको लागि २ सय २९ रनको विजयी लक्ष्य पछ्याएको कलकताले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा मात्र २ सय ५ रन बनाउन सक्यो । कलकताको लागि कप्तान नितिश राना र रिंकु सिंहले उत्कृष्ट ब्याटिङ गरेपनि टोलीलाई जीत दिलाउन सकेनन् । नितिशले ४१ बलमा ६ छक्का र ५ चौकाको मद्दतमा ७५ रन बनाउँदा रिंकुले ३१ बलमा ४ छक्का र ४ चौकाको सहयोगमा ५८ रन बनाए । यस्तै नारायण जागाडेसनले ३६, शार्धुल ठाकुरले १२ र भेन्कातेश आयरले १० रन बनाएपनि टोलीलाई जीत दिलाउन पर्याप्त रहेन ।
हैदराबादको लागि मार्को जान्सेन, मायाँक मार्कान्देले समान दुई-दुई विकेट लिदा भुवनेश्वर कुमार , टि नातार्जन र उम्रान मालिकले समान एक-एक विकेट लिए ।
यसअघि इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २ सय २८ रन बनाएको हो । हैदराबादको लागि ब्रुकले सतक बनाए । जारी प्रतियोगितामा यो पहिलो सतक हो । उनले ५५ बलमा १२ चौका र ३ छक्काको मद्दतमा १ सय रन बनाए । यस्तै एडम मार्क्रमले २६ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ५० रन बनाउँदा अभिषेक शर्माले ३२ र हेंरीच क्लासेनले १६ रनको योगदान गरे ।
कलकताको लागि एन्द्रे रुसेलले तीन विकेट लिँदा भरुन चक्रवतीले एक विकेट लिए ।
जीतसँगै हैदराबाद ४ खेलबाट ४ अंक जोड्दै लिगको सातौँ स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको कलकता चौथो स्थानमा रहेको छ ।