चुहावट भएका सैन्य दस्तावेजबारे विश्वलाई स्पष्ट पार्न अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकी सेनाको गोप्य दस्तावेज सार्वजनिक भएको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन अमेरिकी पक्षलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनका केही शंकास्पद गोप्य दस्तावेजहरू हालै सामाजिक सञ्जालमा प्रसारित भइरहेका छन् । चुहावट भएका ‘यी दस्तावेजहरूले अमेरिकी सरकार रूस र युक्रेनबीचको द्वन्द्वमा गहिरो रूपमा संलग्न रहेको र आफ्ना सहयोगीहरूको जासुसी गरिरहेको’ सङ्केत गर्छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा भन्ने, “चीनले धेरै सञ्चारमाध्यमले अमेरिकी सेनाका यी दस्तावेजले युक्रेन सङ्कटमा अमेरिकाको गहिरो संलग्नता स्पष्ट रूपमा देखाउँछ भनेर औंल्याएको उल्लेख गरेको छ ।” यसका लागि संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन आवश्यक छ,” वाङले भने ।

वाङका अनुसार उच्च अमेरिकी कूटनीतिज्ञले तथाकथित ‘समिट फर डेमोक्रेसी’मा अमेरिकाले साझेदारहरूसँग मिलेर प्रविधिको विकास र प्रयोग ‘लोकतान्त्रिक मूल्य र स्वार्थ’ प्रतिबिम्बित हुने गरी सुनिश्चित गर्न काम गरिरहेको बताएका थिए ।

उनले भने, “तथ्यले संयुक्त राज्य अमेरिकाले दाबी गरेको तथाकथित ‘लोकतान्त्रिक मूल्यहरू’ संयुक्त राज्य अमेरिकाका लागि स्वार्थी लाभ खोज्ने बहाना र औजार मात्र हुन् भन्ने फेरि एकपटक प्रमाणित गरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *