महानगरले सिंहदरबारको फोहोर नउठाउनु अराजकता होः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर नउठाउनु अराजकता भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत कोइरालाले महानगरले फोहोर उठाउनुको साटो धम्कीपूर्ण भाषा प्रयोग गर्नु उचित नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो । जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ । अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो । दुबै सच्चिनु पर्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *