नेपिड । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ ।
आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घााइते भएका अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो मिनलाई उद्धृत गर्दै अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।
दुई वर्षअघि सैन्य शाक्तिबाट देशको शासन सत्ता कब्जा गरेको सेनाले पहिलोपटक यति घातक एवम् भीषण आक्रमण गरेको हो । अहिले आक्रमणस्थलको आकाश वरपर सैनिक विमान उडिरहेका भए पनि हमला भने गरिउको छैन तर चिकित्साकर्मीलाई उक्त स्थलमा जान दिइएको छैन ।