बैतडीको झौलेक भिरमा जिप दुर्घटना, एकै जिल्लाका ६ जनाको मृत्यु (नामावलीसहित)

काठमाडाैँ । बैतडी-बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँच जना हाम फालेर बाँच्न सफल भएका छन् ।

पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित  पुगेका छन् ।

झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको भण्डारी ट्राभल्स लेखेको जिप राति ११ :०० बजे दुर्घटना  भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका -५, का मने बोहरा ( वर्ष ६०)  गोरख बोहरा (३५) नरे बोहरा (४०) विर्ख धामी ( ४५) मानबहादुर धामी  (४५)  वीरे धामी (४५) को मृत्यु भएको छ । मृतक सबै बझाङका हुन् ।

जिपको पछाडी सवार ५ जना हाम फालेर बाँच्न सफल भएको प्रहरीको भनाइ छ । जिपमा चालक अर्जुन बोहरा सहित १२ जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा नभएकाे गाेरखापत्रका पत्रकार गाेकर्ण दयालले जनाएका छन् । 

झौलेक मोड काटेर खोलाको ठाडो घुम्तीको उकालोमा जिप अगाडि बढ्न नसकेर पछाडि धकेलिएको बताईएको छ । जिप पछाडि बसेका पाँच जनाले सडकमै हाम फालेर बाच्न सफल भएकाे बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *