आज रियल म्याड्रिड र बार्सिलोना भिड्दै

एजेन्सी । कोपा डेल रे अन्तर्गत आज हुने सेमिफाइनलको दोस्रो लेगमा दुई स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड भिड्दैछन् । स्पोटिफाइ क्याम्प नोउमा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । म्याड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको पहिलो लेगमा बार्सिलोना १-० गोलले विजयी भएको थियो । आजको खेलमा समाग्रमा जीत निकाल्ने टोलीले उपाधिको लागि ओसासुनाको सामना गर्नेछ । पहिलो लेगमा म्याड्रिडका डिफेन्डर इडर मिलिटाओले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि उपहार पाएको बार्सिलोना आजको खेलमापनि जीत निकाल्दै फाइनलको टिकट काट्न चाहन्छ ।

घरेलु लिग ला लिगामा दोस्रो स्थानमा म्याड्रिडमाथि १२ अंकको अग्रता लिएको बार्सिलोना पछिल्लो १० सिजनमा ८ पटक फाइनल पुग्ने लक्ष्यमा रहेको छ । च्याम्पियन्स लिगमा बायर्नसँग घरेलु मैदानमा ३-० गोलले पराजीत भएदेखि बार्सिलोना ९ खेलमा अपराजीत रहेको छ ।

यता रियल म्याड्रिडपनि आजको खेलमा पुनरागमन जीतको दाउमा रहेको छ । आइतबार भएको खेलमा रियल भाल्लाडोलिडको पोस्टमा आधी दर्जन गोल गरेको म्याड्रिड उच्च मनोबलमा रहेको छ । पछिल्लो सिजनहरुमा बार्सिलोनाले लगातार कोपाको फाइनलमा स्थान बनाउँदा म्याड्रिड भने फाइनलमा पुग्न संघर्ष गर्दै आएको छ । म्याड्रिड २०१३-१४ सिजनपछि कोपाको फाइनलमा पुग्न सकेको छैन ।

दुई टोलीबीच भएको पछिल्लो पाँच भेटमा बार्सिलोनाले चार खेल जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *