युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रूसले अप्रिल महिनामा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को अध्यक्षता गर्नु अन्तर्राष्ट्रिय समुदायको ‘अनुहारमा एक थप्पड’ भएको बताएका छन् । कुलेबाले ट्वीट गर्दै सुरक्षा परिषद्का वर्तमान सदस्य राष्ट्रहरूलाई आफ्नो संस्थाको प्रमुख पदको दुरुपयोग गर्ने कुनै पनि रूसी प्रयासलाई विफल पार्न आग्रह गरेका हुन् ।
उनले रूसको नेतृत्व ‘सुरक्षा परिषद्को गैरकानुनी’ चरणको संज्ञा दिएका छन् । यसै महिनाको अन्त्यतिर मस्कोले विदेशमन्त्री सर्गेइ लाभरोभले ’प्रभावकारी बहुपक्षीयता’ सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने योजना बनाएको बताएको छ ।
रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पनि लाभरोभले अप्रिल २५ मा मध्यपूर्वमा बहसको नेतृत्व गर्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाले रूसको भूमिका र सुरक्षा परिषदमा उसको स्थायी स्थानको आलोचना गरेको छ । सुरक्षा परिषद् प्रमुखको कार्यकाल प्रत्येक महिना १५ सदस्य राष्ट्रहरूबीच परिवर्तन हुन्छ र मस्कोले अन्तिम पटक २०२२ को फेब्रुअरीमा परिषद्को अध्यक्षता गरेको थियो । यो नेतृत्वमा रूसले निर्णयहरूमा थोरै प्रभाव पार्नेछ ।