दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र १४ गते मंगलबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०७९ चैत्र १४ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च २८ तारीख मंगलबार । चैत्र शुक्ल पक्ष सप्तमी तिथि मृगशिरा नक्षत्र सौभाग्य योग गर करण चन्द्रमा वृष राशिमा पश्चात मिथुन राशिमा आनन्दादि योगमा राक्षस योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । मध्यान्ह पश्चात् व्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान्ह पश्चात् मान प्रतिष्ठामा वृद्धि हुने योग परेको छ । दाम्पत्य सुखमा कमि आउनेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । मध्यान्ह पश्चात् क्राेधको कारण मानसिक चिन्ता रहन सक्छ । दाम्पतीबीच सामान्य कलह रहने सम्भावना रहन सक्छ । परिवारका सदस्यहरुबाट टाँढा भएको महसुस हुनेछ । सामान्य आर्थिक अभावको सामना हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान्ह पश्चात् मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालिन रूपमा फाइदाजनक तुल्याउन सकिने छ । पूराना मित्रजनहरुसँगको भेटघाटले मन हर्षित रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अविश्वसनीय व्यक्तिहरूसँगकाे संगतले अपजसको सामना गर्नुपर्ला । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान्ह पश्चात् भौतिक स्राेत साधनको प्रयोगमा मन प्रशन्न रहने छ । सभा सम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहने छ । सवारी साधनको प्रयोगमा सावधान रहनुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ईष्टमित्र बिच सामान्य वादबिवादको योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान्ह पश्चात् मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय असम्बन्धित व्यक्तिहरूले प्राप्त गर्ने छन् । सामान्य यात्राकारक दिन रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भोग बिलासको क्षेत्रमा समय व्यतित हुनेछ । मनोविलासिताका सामान खरिदकाे योग रहेको छ । कार्य क्षेत्रमा गरिएकाे सानाे लापरबाहीले सामान्य झन्झट आइपर्ला । मध्यान्ह पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । आम्दानी मध्यम रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाइ आइपर्न सक्छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्ने छन् । मध्यान्ह पश्चात् जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य चुनौती पश्चात् आम्दानी उत्तम रहने छ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । मध्यान्ह पश्चात् जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्ने छ । मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मध्यान्ह पश्चात् वाैद्धिक व्यक्तिहरूका बिचमा आफू कमजोर भएको महसुस हुनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्रमा दिर्घकालीनरूपमा फाइदाजनक तुल्याउन सकिने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानी उत्तम रहनेछ । मध्यान्ह पश्चात् आम्दानीका क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको दवाबको कारण मानसिक समस्या आईपर्ने छन् । वाणिमा मधुरता छाउने छ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान्ह पश्चात् नजिकका मित्रजनहरू बिचको सम्बन्ध टाँढिन सक्ला । परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा वृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *