डिजिटल युग !

मोहन लामा रुम्बा

अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले भविष्यवाणी गर्दै भनेका थिए, ‘संसार अब लेखन संस्कृतिबाट भिजुअल संस्कृतितर्फ (श्रव्य दृश्य तर्फ) जाँदैछ । गहिरो र वस्तुनिष्ठ भन्दा भावनात्मकिकरण तर्फ जाने खतरा उत्पन्न भएको छ !’ अगाडि थप्दै उनी भन्छन्, ‘अबको राजनीति भावनात्मक आकृतिहरुले निर्माण गर्नेछन् जसमा गहिरा तथ्य विश्लेषणहरु हराउन सक्छ वा हराएर जानेछ।’

नभन्दै अहिले हाम्रो समाजमा हेरौं, यसको प्रभावहरु सामाजिक राजनीतिक हरेक क्षेत्रमा देखिन थालीसकेको छ । सामाजिक संजालको श्रव्य दृश्य युट्युब यावत् माध्यमबाट उदाएका भाग्य न्यौपाने देखि धुर्मुस सुन्तलीहरु हेरौं उनीहरुले राम्रै सँग आफ्नो भाग्य निर्माण गर्न सफल भयो । यहाँनेर पारदर्शिता विधि विधान कसरी कुन रूपमा किन केका लागि भन्ने सबै कुराहरू गौंण हुन पुग्यो । बस् ! श्रव्य दृश्यमार्फत तिनीहरुको मन छोउ जसले आँखा चिम्लेर हात फुकाएर पैसा बर्साउन सक्छ ।

यही डिजिटल श्रव्य दृश्य मार्फत राजनीतिक वृत्तमा हेरौं राष्ट्रिय स्वतन्त्र पार्टी एकाएक उदायो । राष्ट्रिय स्वतन्त्रत पार्टीको सैद्धान्तिक लाइन के ? किन ? केका लागि ? कसरी ? भन्ने त्यसको गहिराईमा गएर विश्लेषण चिन्तन मनन कुनै जरुरी परेन ! किनकी उनीहरुले साँझ बिहान दृश्य मार्फत भावनात्मक प्रभावमा पारेर प्रभावित पारिसकेको थियो, यो सजिलो र सहजै रूपमा सस्तोमा मस्तिष्कमा प्रभाव पार्न सक्ने आजको एउटा असरदार डिजिटल प्राविधिक पक्ष हुन् पुगे ।
यिनै प्राविधिक रूपमा श्रव्य दृश्यको उच्चतम प्रयोग गरेर एकाएक पार्टी उदायो र अबको हाम्रो आउने युग भनेको यही डिजिटल प्रयोगबाट समाजमा धेरै पार्टी नेता अभिनेता समाजसेवीहरु मिलिक मिलिक गर्दै उदाई रहने अस्ताई रहनेछ ।

अबको यो समाजमा जिम्मेवार वस्तुनिष्ठ सैद्धान्तिक भिजन भएको व्यक्तित्व नेता विद्धवाहरु उदाउन धेरै गाह्रो छ । श्रव्य दृश्य मार्फत को बढी छाउन सक्छ त्यही उदाउँदै अस्ताउँदै जानेछन् सम्भवत विश्वव्यापी यस्तै हुने होला हेनरी किसिन्जरको भविष्यवाणी सटिक छ यससम्बन्धी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *