दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र ७ गते मंगलबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र ७ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च २१ तारीख मंगलबार । चैत्र कृष्ण पक्ष औंशी तिथि पूर्वभाद्रपदा नक्षत्र शुभ योग चतुष्पद करण चन्द्रमा कुम्भ राशिमा पश्चात् मिन राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु दर्शश्राद्ध निशिबार्ने हलोबार्ने औंशी घोडेजात्रा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । मध्याह्न पश्चात् सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । दाम्पत्य सम्बन्धमा सुधार रहने छ । मित्रजनको साथ सहयोगले कार्य सम्पादनमा मद्दत पुग्ने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । मनोरञ्जनका सरसामानको खरिद वा प्रयाेगमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ सजग रहनुहोला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । प्रतिस्पर्धामा अब्बल रहिनेछ । तपाईँको मिहिनेतबाट अरुहरुले फाइदा लिन सक्नेछन् । कार्यक्षेत्रमा सामान्य ढिलाइको सामना गर्नुपर्ने हुनसक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । पारिवारको साथ सहयोगबाट आम्दानीका क्षेत्रमा मार्ग दर्शन मिल्नेछ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोबिलासिताका सामान खरीद गर्ने योग रहेको छ । तपाईँको मिहिनेतबाट अरुहरुले फाइदा लिन सक्नेछन् । कार्यक्षेत्रमा सामान्य ढिलाइको सामना गर्नुपर्ने हुनसक्छ । दाजुभाइ तथा इष्टमित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । वाणिका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथीभाइहरुसँग सामान्य मनमुटाब हुन सक्ने छ । शारीरिक अस्वस्थाको सामना गर्नुपर्ला । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथ सहयोगको कमि महसुस गरिने छ । शारीरिक आलस्यताले सताउन सक्नेछ । भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउनेछ, साथै जीवन साथीको सहयोगका कारण कार्य सम्पादनमा मद्दत मिल्नेछ । व्यापार व्यवसायका क्षेत्रमा विशेष साबधान रहनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तीको पूर्ण विश्वास नगर्नु नै राम्रो हुनेछ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रतिस्पर्धामा अब्बल रहनु हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रशन्न रहनेछ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य संघर्षपश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछ । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुनसक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि हुनेछ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला । पुराना मित्रजनहरुसँगको भेटघाटले सामान्य यात्रा निम्त्याउन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । अपरिचित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । सामान्य चोटपटकको सिकार भइनसक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *