दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र ६ गते सोमबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र ६ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च २० तारीख सोमबार । चैत्र कृष्ण पक्ष चतुर्दशी तिथि शतभिषा नक्षत्र साध्य योग भद्रा करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु पिशाचचर्तुदशी पाशाचःह्रेपूजा भद्रकालीपिठलिङ्गोत्थान (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वाणिमा मधुरता छाउने छ । नयाँ कामको थालनीले मन प्रशन्न रहने छ । मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानीका निम्ति उत्तम समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने समय रहेको छ । आय आर्जनका लागि राम्रो समय रहेको छ । हर कोहीको पूर्ण विश्वास नगर्नु होला, धोका हुन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तिको योग बन्नेछ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनुपर्ने समय रहेको छ । सबारी साधनको प्रयोमा सजग रहनुहोला । गरिरहेको काम क्षणिकरुपमा परिवर्तन गर्नुपर्ने समय रहेको छ । शुभ चिन्तकहरुको साथ सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित हुने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । आय आम्दानीमा विशिष्ठ व्यक्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहने छ । तपाईँको आलोचना गर्ने व्यक्तिहरु बढ्ने छन् । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेको छ । अरुको पूर्ण विश्वासमा गरिएका कार्यले अपजस दिलाउने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विश्वासिला व्यक्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नुपर्ने छ । खानपानका कारण स्वास्थ्य बिग्रनाले सामान्य तनाबको सामना गर्नुपर्ने समय रहेको छ । शुभ चिन्तकहरुको माध्यमबाट आम्दानीका स्राेतहरु सबल तुल्याउन सकिने समय रहेको छ । वाणिका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *