दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र ५ गते आईतबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र ५ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च १९ तारीख आईतबार । चैत्र कृष्ण पक्ष त्रयोदशी तिथि धनिष्ठा नक्षत्र सिद्ध योग गर करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु प्रदोषव्रत बारुणीयोग (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्याह्न पश्चात् मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
असम्बन्धित व्यक्तिको संगतले अपजसको सामना गर्नुपर्ला । यात्राकाे समय रहेको छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्याह्न पश्चात् भौतिक स्राेत साधनको प्रयोगमा मन प्रशन्न रहने छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । मान सम्मान प्राप्तिको योग रहेको छ । सवारी साधनको प्रयोमा ध्यान पुर्याउनुहोला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
ईष्टमित्रसँग सामान्य वादविवाद हुनसक्ने योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्याह्न पश्चात् मित्र तथा दाजुभाइ बिचको सम्बन्धमा सुधार आउने छ । आँट र साहशमा वृद्धि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेको छ । माल सामान हराउन सक्ने सम्भाबना रहेको छ । अपरिचित व्यक्तिहरुको विश्वासमा नपरे कै बेश हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । कार्यक्षेत्रमा गरिएको लापरबाहीले सामान्य झन्झट आईपर्ला । मध्याह्न पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फँसिने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नजिकका व्यक्तिबाट धोका हुन सक्छ, सजग रहनुहोला । यात्रामा सामान्य कठिनाइ आईपर्न सक्छ । तपाईँको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । मध्याह्न पश्चात् जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायका निम्ति उत्तम समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य चुनौति पश्चात आम्दानी राम्रो रहने छ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । मध्याह्न पश्चात् जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थ्यको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्याह्न पश्चात् वाैद्धिक  व्यक्तित्वहरुका बिचमा आफू कमजोर भएको महसुश हुनेछ । अध्ययन अध्यापनका निम्ति अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेको छ । वाैद्धिक  व्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहने छ । मध्याह्न पश्चात् आम्दानीको क्षेत्र सबल रहेता पनि कार्यक्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्राेतसाधनकाे प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दवाबका कारण मानशिक समस्या आइपर्न सक्छ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान्ह पश्चात् नजिकका मित्रजनहरुसँगको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मविश्वास तथा घमण्डका कारण मित्र तथा दाजुभाइसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान्ह पश्चात् व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेको छ । खानपानको गडबढीका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान्ह पश्चात् मान प्रतिष्ठामा बढ्ने योग परेको छ । दाम्पत्य सुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । मध्यान्ह पश्चात् कोध्रको कारण मानसिक चिन्ता रहन सक्छ । तात्कालीन अवस्थामा आर्थिक अभाबको सामना गर्नुपर्ने छ । नजीकका व्यक्तित्वहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *