दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र ४ गते शनिबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र ४ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च १८ तारीख शनिबार चैत्र कृष्ण पक्ष एकादशी तिथि श्रवण नक्षत्र शिव योग वालव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु पापमोचनीएकादशीव्रत देवपत्तनमा देशोद्वारपूजा बारुणी योग (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिश्रम अनुरुपको फल प्राप्ति हुने समय रहेको छ । सामाजिक कार्यका क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ । सभासम्मेलनमा सहभागी हुने र मान सम्मान प्राप्तिको योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेन छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने समय रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढिलाइ हुनाले सामान्य अप्जस सहनुपर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नुपर्ने छ । नयाँ मित्रहरुसँगको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
शारीरिक आलस्यातले गर्दा गरिरहेको कामका क्षेत्रमा अपजस सहनुपर्ला । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानी मध्यम रहेता पनि बोलीका कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसिक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलीको प्रभुत्वले मान सम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, विशेष ध्यान दिनुहोला । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । शुभ चिन्तक संख्यामा वृद्धि  हुनाले मनमा उत्साह बढ्ने छ । परोपकारका क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनमा वृद्धि गर्नका लागि तपाईँले बढी परीश्रम गर्नुपर्न सक्छ । वाैद्धिक क्षेत्रको विकासले तपाईँको मान सम्मानमा वृद्धि गर्नेछ । आफूभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् । वाैद्धिक व्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्ग दर्शन बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाइ पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहने छ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निराशापूर्ण रहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नै घमन्डका कारण दाजुभाइबीचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट साहशको कमिले कार्यमा ब्यबधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्ना कमजोरीको महसुस हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तजनसँगकाे भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा आएको खराबीले कार्यमा ढिलाइ उत्पन्न गराउने छ । सामान्य वादविवादको चक्कर काट्नु पर्नेछ । अरुको अनुशरणले तपाईँलाई सामान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवारका केही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । मनमा आँट र साहशको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नुपर्ला । जीवन साथीको सहयोगले व्यापार व्यसायमा सुधार आउने छ । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गर्नुपर्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको संख्यामा वृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्राे हुन सक्ला । आफ्ना प्रिय व्यक्तिकाे बियोगले मन निरुत्साहित रहला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा फाइदामूलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुनसक्छ । नयाँ मित्रसँगको भेटघाट  प्रिय खबरले मन प्रशन्न रहने छ । आम्दानी वृद्धिका लागि विद्वत व्यक्तित्वहरूकाे मार्गदर्शन अबलम्बन गर्न लाभदायक रहला । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *