काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यादवलाई मत दिने निर्णय गरेको हो । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले संघीय संसद र प्रदेश सभा सदस्यहरुलाई उपराष्ट्रपति पदका उम्मेदवार यादवको पक्षमा मत दिन निर्देशन दिने निर्णय भएको जानकारी दिए ।
बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भूमिका खेल्ने सबै पक्ष र सांसदहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।