दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र १ गते बुधबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र १ गते इश्वी सन् २०२३ मार्च १५ तारीख बुधबार । चैत्र कृष्ण पक्ष अष्टमी तिथि मूल नक्षत्र सिद्धि योग कौलव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु चैत्र संक्रान्ति गोरखकाली पूजा शितलाष्ठमी बासेरा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्य कुशलताका कारण मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनात्मक यात्राको सम्भाबना रहेको छ । भौतिक सुख साधन प्राप्त हुने योग रहेको छ । पारlवारिक सम्बन्धमा सुधार आउने छ । भोग बिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्य क्षेत्रमा लगाइएको कर्मको प्रतिफल प्राप्तीका निम्ति सामान्य प्रतिक्षा गर्नुपर्ने छ । मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । दाम्पत्यबीचकाे सम्बन्धमा  सामान्य मनमुटाब रहला । वाणि तथा स्वास्थ्यका क्षेत्रमा ध्यान दिएको बेश हुनेछ । दाजु भाइ तथा इष्टमित्र बिच सम्बन्ध सुधार रहने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खुशीको खवरको श्रवणले मन प्रशन्न रहला । स्थान्तरणको योग रहको छ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ । व्यापार व्यवसायका निम्ति समय उत्तम रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाइको योग रहको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरूमा पछि परिने योग रहेको छ । मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्राे पर्नसक्ला । आफन्तजनहरू टाढिन सक्छन् । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलताअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनेछ । सही निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनुपर्ला । मानसिक चन्चलताले बिद्या असफल रहला । मित्रजनको सहयोगबाट मन प्रशन्न रहला । नयाँ कामको थालनी हुनसक्छ । बोलिको कारण साथीभाइ टाँढिन सक्छन् ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक सुख प्राप्त रहने छ । मेहेनतको राम्राे फल प्राप्त हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला । व्यापार व्यवसायका लागि राम्राे समय रहेको छ । भोगबिलासिताका क्षेत्रमा मन जानेछ । हतासमा गरिएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परिने योग रहेको छ । कामको क्षेत्रमा सामान्य ढिलाइ रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम वृद्धि हुने छ । आम्दानीका क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनुपर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाजुभाइ बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्झट ब्यर्होनुपर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहने छ । मालसामान हराउन सक्ला । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जीवन सुखमय बित्नेछ । बोलीको प्रभाबका कारण मान्यजनको साथ पाइने छ । कार्यक्षेत्रमा लगाइएको लगनशीलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तिको योग रहेको छ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सन्चित रकम अनावश्यक क्षेत्रमा खर्च हुनेसक्ने याेग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनी नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्झट ब्यर्होनुपर्ला । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका स्राेतसाधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानी क्षेत्रमा विस्तार हुने योग रहेको छ । गरिरहेका काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आइपर्न सक्नेछ । व्यापार व्यवसायमा राम्राे समय रहेको छ । अध्ययन अध्यापनका क्षेत्रमा समयले साथ दिनेछ । कुरा काट्नेहरुको संख्यामा वृद्धि हुनेछ । प्रेमी प्रेमीकाबीच मनमुटाब रहन सक्छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विद्या प्राप्ति को योग रहेको छ । पारिवारिक झमेलाले सताउने छ । सही समयमा उपयुक्त निर्णय गर्न सकिने छ । सामान्य वादविवादमा फस्न सकिने छ । सामाजिक कार्यका क्षेत्रमा हात नहाले कै बेश रहने छ । नयाँ कार्य क्षेत्रमा लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *