काठमाडौं । लेगस्पिनर सन्दीप लामिछानेले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत जारी खेलमा पीएनजीले नेपाललाई झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले नेपाललाई जीतको लागि ९६ रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजी ३२ ओभरमा अलआउट हुँदै ९५ रनमा समेटिएको हो । नेपाली स्पिनरसामु निरह देखिएको हो । पीएनजीको लागि असाद भालाले सर्वाधिक २० रन बनाउँदा सेसे बाउले १८, चार्लेस अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए ।
बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरमा एक मेडन राख्दै २५ रन खर्चेर पाँच विकेट लिएका छन् । यस्तै ललित राजवंशी र कुशल मल्लले समान दुई-दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।