पीएनजीविरुद्ध नेपालको शानदार बलिङ

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत जारी खेलमा पीएनजीका आधी बढी ब्याट्सम्यान पभिलियनमा फर्किएका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा २४ ओभरको समाप्तिमा पीएनजीले ६ विकेटको क्षतिमा ७९ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजी नेपाली स्पिनरसामु निरह देखिएको छ । पीएनजीको लागि असाद भालाले सर्वाधिक २० रन बनाउँदा सेसे बाउले १८, चार्लेस अमिनीले १६, र हिरि हिरिले १४ रन बनाए ।

बलिङतर्फ सन्दीप लामिछानेले ६ ओभरको समाप्तिमा एक मेडन राख्दै १६ रन खर्चेर तीन विकेट लिएका छन् । यस्तै ललित राजवंशिले दुई र सोमपाल कामीले एक विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *