आज श्री शाके १९४४ बि. स. २०७९ फागुन २९ गते इश्वी सन् २०२३ मार्च १३ तारीख चैत्र कृष्ण पक्ष षष्ठी तिथि अनुराधा नक्षत्र हर्षण योग गर करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मानस योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ
वाणिका कारण निकटतम व्यक्तिहरुसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । असम्बन्धित व्यक्तिको विश्वासमा गरिएका कार्यमा सजग रहनु होला । सामान्य अपजसको सम्भाबना रहेको छ । खानपानमा विशेष साबधानी अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्रम गर्नुपर्ने सम्भाबना रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवन साथीको सहयोगमा गरिएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । व्यापार व्यवसायमा भने सामान्य ढिलाइको सम्भावना रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पस्पर्धीहरूकाे संख्यामा वृद्धि हुनाले कार्य सम्पादनमा विशेष ध्यान पुर्याउनुपर्ने समय रहेको छ । साझेदारीका काममा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नुपर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरुले काममा गरेकाे लापरबाहीको भागिदार तपाईँलाई आइपर्न सक्ने छ । साझेदारीकाे व्यवसायमा मनग्य लाभ मिल्ने छ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो हुनेछ । कुरा काट्ने व्यक्तिहरूबाट बच्नुपर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ । अध्ययन अध्यापनमा खर्चिएको समय उत्तम रहने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक साथ र सहयोमा गरिएका कार्यहरु दीर्घकालीन फाइदाका स्राेत साबित हुनेछन् । पतिपत्नीबीचकाे सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगनशीलतामा वृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक स्राेत साधनको प्रयोगमा विशेष साबधानी अपनाउनुहोला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रजन तथा दाजुभाइ बिचको सम्बन्धमा सुधार आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परिश्र गर्नुपर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नुपर्ने हुनसक्छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुल कुटुम्बहरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । वाैद्धिक व्यक्तित्वसँगको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ । मित्रजनको साथ सहयोगमा कमि रहला । अध्ययन अध्यापनका क्षेत्रमा त्यति मन जाने छैन ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । व्यापार व्यवसायको साझेदारीमा भने सामान्य असमन्जस्यता उत्पन हुन सक्नेछ । धैर्यताका साथ काम गर्दा पद प्रतिष्ठामा वृद्धिको योग रहेको छ । खानपानमा सजग रहनुहोला । नयाँ कार्यको थालनी गर्न समय उत्तम रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानसिक चन्चलताका कारण मित्रजनसँगको सम्बन्धमा फाटो आइपर्ने छ । जीवन साथीको सहयोमा गरिएका व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानी तथा साझेदारीमा गरिएका काममा भने उत्तम समय रहने छ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन् ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहने छ । प्रतिपक्षी तथा प्रतिस्पर्धीहरूकाे संख्यामा वृद्धि हुन सक्नेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ तथापि साजझेदारी काममा भने सजग रहनु राम्रो रहने छ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नुपर्ने छ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । सन्तान सम्बन्धि समस्याले सताउन सक्नेछ । कार्य क्षेत्रमा धैर्यताका कारण पद प्रतिष्ठामा वृद्धिको योग रहेको छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य यात्रा पश्चात मान सम्मान प्राप्ति हुन सक्ने छ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहने छ । मित्रजनको अति सामिप्यतामा अहित हुन सक्ने छ । पारिवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारीकाे काममा अघि नबढेको नै राम्रो हुनेछ ।