काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन् ।
बिहीवार राष्ट्रपति निर्वाचनपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका हुन् । उनले भने,‘स्थानीय तहदेखि राष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । अब उपराष्ट्रपतिको निर्वाचन बाँकी छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ ।’