काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ छ ।
यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार तीन सय थियो । त्यस्तै अ चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ६५ रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।