आर्मीलाई भद्रपुर झापा गोल्डकपको उपाधि

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै आर्मीले उपाधि जितेको हो ।

मेची रंगशालामा भएको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा आर्मीका जितेन्द्र कार्की, सन्तोष केसी, प्रज्वल गुरुङ र सुसान्त चौधरीले गोल गरे । मछिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गर्दा रन्जित धिमाल र देवेन्द्र तामाङको प्रहारलाई आर्मीका गोलरक्षक समित श्रेष्ठले रोके ।

उपाधिसँगै आर्मीले १३ लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेतामा सिमित मछिन्द्रले सात लाख रुपैयाँमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *