प्रचण्ड पतनोन्मुख यात्रामाः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यात्रा आत्मसमर्पणवादमा पुगेको टिप्पणी गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा ।’

पुस १० को गठबन्धन त्यागेर कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्री फर्किएपछि एमाले नेताहरू प्रचण्डप्रति आक्रामक टिप्पणी गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचमा आठ दलीय गठबन्धन बनेपछि एमालेका मन्त्रीले सोमबार राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *