इलाममा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । इलाममा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १० बजेर ३ मिनेटमा इलामको माइमझुवा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि यही फागुन १० गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि, ताप्लेजुङ केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *