मलेसियाद्वारा नेपाललाई झिनो विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई जीतको लागि झिनो लक्ष्य प्रस्तुत गरेको छ । युएईस्थित मलेक क्रिकेट मैदानमा जारी  खेलमा मलेसियाले नेपाललाई जीतको लागि ७३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको मलेसिया ३५.३ ओभरमा अलआउट हुँदै ७२ रनमा समेटिएको हो । मलेसियाको लागि मुहम्मद आक्रमले २६ तथा मोहम्मद हरिसन र मुहम्मद स्याहिरले समान १२-१२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि दीपेश कडेलले १० ओभरमा ४ मेडन राख्दै मात्र ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले तीन र मिलन बोहोराले दुई विकेट लिँदा सुबास भण्डारीको नाममा एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *