दक्षिणकाली माताले सबैको कल्याण गरुँन् ! हेर्नुहोस् फागुन १६ गते आजको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन १६ गते तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी २८ तारीख मंगलबार फागुन शुक्ल पक्ष नवमी तिथि रोहिणी नक्षत्र विष्कुम्भ योग वालव करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु माझी समुदायको लदीपूजा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नजिकका आफन्तजनहरूबीचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्च गर्नुपर्ने सम्भाबना रहेको छ । वाणिका कारण सामान्य वादविवादको झमेलामा फस्ने सम्भाबना रहेको छ । भोजभतेरजन्य कार्यमा सहभागिताको योग रहेको छ । सभा सम्मेलनमा सहभागिताको समय रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ योजनाका साथमा नयाँ कार्यको थालनी गर्ने उत्तम समय रहेको छ । पारिवारिक साथ सहयोगमा व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त गर्न सकिने छ । प्रेम सम्बन्धमा मधुरता छाउने छ । अध्ययन अध्यापनमा लगाइएको समय महत्त्वपूर्ण रहने छ । शीप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । गरिरहेकाे कार्यक्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य वादविवादको झमेलामा फसिएला । मानसम्मानमा आँच आउन सक्ने सम्भाबना रहेकाले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययन अध्यापनमा समय उत्तम रहने छ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहने छ । आयआर्जनका क्षेत्रमा मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहने छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहने छ । वाैद्धिक व्यक्तित्वहरूकाे अनुशरण दीर्घकालीन फाइदाका स्राेत बन्ने छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, ट
भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । मान्यजनहरूको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहने छन् । सभा सम्मेलनमा सरिक हुने अवसर प्राप्त रहने छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु परे तापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । मान्यजनहरुको मार्ग दर्शन निकै फाइदाजनक हुने छ । असम्बन्धित व्यक्तिद्वारा सम्पादित कार्यको श्रेय तपाईँले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्ने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । नजिकका मित्रजनहरुसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्ने छ । नयाँ लगानीका क्षेत्रमा विशेष सजग रहनुपर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्ने छ । व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त रहने छ । साजझेदारीमा नयाँ कार्यको थालनी हुन सक्ने सम्भाबना रहेको छ । आम्दानीका विभिन्न स्राेतहरु फेला पर्ने छन् । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धाजन्यकार्यमा अब्बल स्थान प्राप्त रहने छ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । नयाँ कार्यका निम्ति नयाँ अवसरहरु प्राप्त रहने छन् । मित्रजनरुको प्रशन्नताका निम्ति समय ब्यतित गर्नुपर्नेछ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तपाईँको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । अध्ययन अध्यापनका माध्यमबाट आम्दानीका निम्ति दीर्घकालीन स्राेतहरू फेला पर्ने छन् । वाैद्धिक तथा विशिष्ट व्यक्तिहरुको रायसल्लाहले नयाँ कार्यको प्रारम्भ हुन सक्ने योग रहेको छ । पुराना मित्रजनहरूसँगको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यमा जुट्ने उत्तम समय रहे तापनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहने छ । भुमि तथा वहान शुख प्राप्त रहने छ । भौतिक साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । मान्यजनहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाईँसँग रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्ने छन् । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहने छ । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाईँलाई कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *