महिला ओलम्पिक फूटबल छनोटको लागि ३५ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकको एसियन छनोटको लागि राष्ट्रिय महिला फूटबल टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाइएको छ । टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ ।

बन्द प्रशिक्षण मार्च ३ गतेबाट एन्फा कम्प्लेक्समा शुरु हुनेछ । नेपालले पहिलोपटक ओलम्पिक छनोटको खेल आयोजना गर्दैछ । समूह ‘सी’मा नेपालसँगै अफगानिस्तान र भिएतनाम रहेका छन् । नेपालले अप्रिल ८ मा अफगानिस्तान र अप्रिल ११ मा भिएतनामको सामाना गर्नेछ । छनोटको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु 

एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैसी, हिरा कुमारी भुजेल, निशा थोकर, समिक्षा थोकर, प्रिति राई, अनिता बस्नेत, अनिता केसी, बिमला चौधरी, दिपा शाही, सरु लिम्बु, रेनुका नगरकोटे, सबिता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिसा कार्की, रश्मि कुमारी धिसिङ, रेखा पौडेल, रजनी थोकर, पुजा राना, दिपा न्यौपाने, सरस्वती अयेर, सरस्वती हमाल, अन्चली वाइबा, सृजना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमार योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *