आयोजकलाई हराउँदै मछिन्द्र केपी ओली कपको फाइनलमा

काठमाडौं । मछिन्द्र फूटबल क्लब काठमाडौंमा जारी केपी ओली कप फूटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार दिउँसो भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक केपी ओली फूटबल क्लबलाई १-० गोलले हराउँदै मछिन्द्र फाइनलमा पुगेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रलाई जीत दिलाउन विमल घर्ती मगरले निर्णायक गोल गरे । खेलको १९ औं मिनेटमा रजिन धिमालको पासमा विमलले गरेको गोलनै मछिन्द्रलाई जीत दिलाउन पर्याप्त रह्यो ।

अब मछिन्द्रले उपाधिको लागि सातदोबाटो युथ क्लबसँग भिड्नेछ । फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *