पीएनजीमाथि नेपालको जीत

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार दिउँसो भएको खेलमा पीएनजीलाई चार विकेटले हराउँदै नेपालले लिगमा लगातार पाँचौ जीत निकालेको हो ।

जीतको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा २ सय ७ रन बनाउँदै लक्ष्य भेट्टायो । नेपालको लागि कुशल भुर्तेलले अर्धसतक पूरा गरे । उनले ६९ बलमा ५ चौकाको मद्दतमा ५६ रन बनाए । यस्तै आसिफ शेखले ३९ बलमा ५ चौकाको मद्दतमा ४४ रन बनाउँदा आरिफ शेखले ३३, दीपेन्द्र सिंह एरीले २२, रोहित पौडेलले २० र कुशल मल्लले १२ रनको योगदान गरे ।

पीएनजीको लागि असाद भालाले १० ओभरमा ३७ रनको क्षतिमा ३ विकेट लिए । यस्तै नोरमान भानुआ र सेसे बाउको नाममा एक-एक विकेट रह्यो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । पीएनजीको लागि असाद भाला र चद सोपेरले समान ३६-३६ रन बनाउँदा सेसे बाउले ३१, किप्लिन डोरिगाले २९ र नोर्मान भानुआले २५ रनको योगदान गरे ।

नेपालको लागि गुल्सन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै कुशल मल्लले ८ ओभरमा ३ रन दिएर २ विकेट लिँदा सोमपाल कामीम करण केसी र प्रतिश जिसीले समान एक-एक विकेट लिए ।

जीतसँगै नेपाल २९ खेलबाट २८ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । समान खेलबाट ५ अंक जोडेको पीएनजी ५ अंकको साथ सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *