पीएनजीद्वारा नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत जारी खेलमा पीएनजीले नेपाललाई जीतको लागि सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पीएनजीले नेपाललाई जीतको लागि २ सय ४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रन बनाएको हो । पीएनजीको लागि असाद भाला र चद सोपेरले समान ३६-३६ रन बनाउँदा सेसे बाउले ३१, किप्लिन डोरिगाले २९ र नोर्मान भानुआले २५ रनको योगदान गरे ।

नेपालको लागि गुल्सन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै कुशल मल्लले ८ ओभरमा ३ रन दिएर २ विकेट लिँदा सोमपाल कामीम करण केसी र प्रतिश जिसीले समान एक-एक विकेट लिए । दोस्रो इनिंस केहिबेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *