नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । सोमबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । सोमबार नेप्से ३.६५ अंकले गिरावट भएर २०२३.५४ अंकमा बन्द भएको छ । सोमबार लघुवित्त, फाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।

होटल र पर्यटन, व्यापार र अन्य समूहको शेयर भने दोहोरो अङ्कले बढेको छ । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । आज राप्ति हाइड्रो पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *