मेस्सी र एम्बाप्पे चम्किदा पीएसजी विजयी

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सी र किलियन एम्बाप्पे चम्केपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले शानदार जीत निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मार्सेलेलाई ३-० गोलले हराएको हो ।

स्टाडे ओरेन्ज भेलोड्रोममा भएको खेलमा एम्बाप्पेले दुई गोल गर्दा मेस्सीले एक गोल थपे । खेलको २५ औं मिनेटमा मेस्सीको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा एम्बाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

५५ औं मिनेटमा मेस्सीकै पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई सहज स्थितिमा पुर्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसजी ३-० गोलले विजयी भयो । जीतसँगै पीएसजी २५ खेलबाट ६० अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत छ । समान खेलबाट ५२ अंक जोडेको मार्सेले दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *