आमनिर्वाचनको तीन महिनाभित्र सरकार परिवर्तनको खेल हुनु दुःखदः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आमनिर्वाचनको तीन महिनामै दुई गठबन्धन र सरकार परिवर्तन हुन लागेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले जनसरोकारका मुद्दामा आवाज बुलन्द गर्नुपर्नेमा राजनीतिक दल गठबन्धन बनाउने र सरकार परिवर्तनको खेलमा लागेका भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘आमनिर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तन ! गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादात्म्य नास्ति ! दल र नेताहरूको निम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा ! संसदको एउटा कार्यकालका लागि तीन प्रधानमन्त्रीको अग्रिम बाँडफाँट ! जनसरोकारका मुद्दा नास्ति ! यही हो लोकतन्त्र ? हामी कता जादैछौं?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *