लण्डन डर्बीमा टोटेन्हाम विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको लन्डन डर्बीमा टोटेन्हाम हट्स्पर विजयी भएको छ । आइतबार राति भएको खेलमा टोटेन्हामले चेल्सीलाई २-० गोलले पराजीत गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन ओलिभेर स्किप र ह्यारी केनले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको पहिलो मिनेटमै स्किपले गोल गर्दै टोटेन्हामलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै ८२ औं मिनेटमा इरिकको पासमा केनले गोल गर्दै टोटेन्हामलाई २-० गोलको जीत दिलाए ।

जीतसँगै टोटेन्हाम २५ खेलबाट ४५ अंक जोड्दै लिगको चौथो स्थानमा यथावत छ । एक खेल कम खेलेको चेल्सी ३१ अंकको साथ दसौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *