शिक्षामा पहुँच रोक्न इरानी छात्राहरुलाई विषाक्त पदार्थ खुवाइने गरिएको पुष्टि

इरानको पवित्र शहर कोममा छात्राहरूको शिक्षामा पहुँच रोक्ने उद्देश्यले ‘केही व्यक्तिले’ उनीहरूलाई विष खुवाएको एक उपमन्त्रीले बताएका छन् ।

नोभेम्बरको अन्त्यदेखि तेहरानको दक्षिणमा पर्ने कोममा मुख्यतया विद्यालयस्तरका छात्राहरूमा श्वासप्रश्वाससम्बन्धी विषाक्तताका सयौं घटनाहरू देखापरेका छन् ।

उपस्वास्थ्यमन्त्री युनेस पनाहीले विषाक्त पदार्थ जानीजानी खुवाइने गरिएको पुष्टि गरेका छन् । मन्त्रीले घटनासँग सम्बन्धित कोही पनि अहिलेसम्म पक्राउ नपरेका बताए ।

गत फेब्रुअरी १४ का दिन बिरामी परेका विद्यार्थीका अभिभावकहरू शहरको प्रान्तबाहिर भेला भई अधिकारीहरूसँग ‘स्पष्टीकरण माग’ गरेका थिए ।

अर्को दिन सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीले गुप्तचर र शिक्षा मन्त्रालयले विषाक्तताको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताएका थिए । .

महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीले घटनाको न्यायिक छानबिन गर्न आदेश दिएका छन् ।

गत डिसेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाका लागि कडा ड्रेस कोडको उल्लङ्घन गरेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला उक्त विषाक्ततासम्बन्धि घटना आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *