प्याज निर्यातमा कुनै प्रतिबन्ध नलगाएको भारतीय वाणिज्य मन्त्रीको दाबी

भारत सरकारले दक्षिण एशियाली मुलुक चीनबाट प्याजको निर्यातमा कुनै प्रतिबन्ध नलगाइएको तर प्याजको बीउको निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार सन् २०२२ को अप्रिलदेखि डिसेम्बरसम्म भारतले ५२ करोड ३८ लाख अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको छ ।

सङ्घीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले विज्ञप्ति जारी गरी भारतबाट अन्य देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाउने समाचार भ्रामक भएको बताएका छन् ।

सन् २०२२ को जुलाईदेखि डिसेम्बरसम्म, प्याजको निर्यात हरेक महिना चार करोड अमेरिकी डलरभन्दा माथि पुगेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *